सेयर बजारमा रौनक, नेप्से परिसूचक २०२२.३५ अङ्कको बिन्दुमा कायम !

Ad
  • कालोपाटी सम्बाददाता
काठमाडौँ । साताको कारोबारको पहिलो दिन (आज) आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७.७५ अङ्कले बढेको छ । आज १.३९ प्रतिशतले बढेसँगै नेप्से परिसूचक २०२२.३५ अङ्कको बिन्दुमा कायम भएको हो ।
आइतबार २ सय ९५ कम्पनीको १ करोड ७१ लाख ६६ हजार ४ सय ६५ कित्ता सेयर १ लाख १ हजार १ सय २८ पटक खरिदबिक्री हुँदा ५ अर्ब १५ करोड ७८ लाख ४६ हजार ९ सय ७९ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । बैंकिङ समूहको उपसूचक ०.६७, म्यूचुअल फन्ड ०.४२ र व्यापार समूह ०.२३ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै जलविद्युत् समूह ५.५५ र लगानी समूह ३.१२ प्रतिशतले बढेको छ ।
११ वटा कम्पनीको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । ह्याथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेड, थ्री स्टार हाइड्रोपावर लिमिटेड, रावा इनर्जी डेभलपमेन्ट लिमिटेड, बोटलर्स नेपाल (बालाजु) लिमिटेड, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेड र सगरमाथा जलविद्युत् कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
त्यस्तै, विन्ध्याबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, दोर्दीखोला जलविद्युत् कम्पनी लिमिटेड, बलेफी हाइड्रोपावर लिमिटेड, शिवश्री हाइड्रोपावर लिमिटेड र रिदी पावर कम्पनी लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको हो । आजको कारोबारमा सबैभन्दा धेरै हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य छ दशमलव ७७ प्रतिशतले घटेको छ ।
कारोबार रकम र कारोबार भएका सेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको  २५ करोड १२ लाख ९० हजार ७ सय ४६ बराबरको १७ लाख ८० हजार ६ सय ३५ कित्ता सेयर किनबेच भएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्