बागलुङको गलकोट नगर अस्पताललाई विद्युतीय शवगृह सहयोग

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । बागलुङका गलकोट नगर अस्पताललाई विद्युतीय शवगृह उपलब्ध गराएको छ । गलकोट नगरपालिका-६ नेपानेका झप्परबहादुर बस्नेतले बुबा वीरबहादुर र आमा मनकुमारीको स्मृतिमा विद्युतीय शवगृह सहयोग गरेको हो ।

बस्नेत परिवारले ८ लाख रुपैयाँ बढीको विद्युतीय शवगृह नगर अस्पताललाई सहयोग गरेको छ । गलकोट नगर अस्पतालका प्रमुख डा.राजेश पौडेलले यसअघि विद्युतीय शवगृह नहुँदा अस्पतालको कामकाजमा बाधा पुग्ने गरेको बताएका छन् उनले भने, ‘विद्युतीय शवगृह नहुँदा सडेको शव परीक्षण गर्नुपरिरहेको थियो । पश्चिम बागलुङमै विद्युतीय शवगृह थिएन । यस्तो अवस्थामा शव धेरै दिनसम्म राख्न मुश्किल हुने गरेको थियो ।’

पौडेलका अनुसार अहिले प्राप्त भएको विद्युतीय शवगृहमा दुईवटा शव राख्न सकिन्छ । यसअघि शवलाई सुरक्षितरुपमा राख्न बाग्लुङ पुग्नुपर्ने अवस्था थियो । विद्युतीय शवगृह सहयोगकर्ता बस्नेतले अस्पताललाई चाहिने अन्य सामग्री पनि निरन्तर सहयोग गर्दै जाने बताएका छन् । पश्चिम बागलुङका छ पालिकाका स्वास्थ्य संस्थामा एउटा पनि विद्युतीय शवगृह छैन । सदरमुकामस्थित धौलागिरि अस्पतालमा शव राख्नुपर्ने बाध्यता थियो । यो खर्चिलो थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्