सभापति देउवाद्वारा मेहताको निधनप्रति दु:ख व्यक्त

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सुनसरीका पार्टी नेता लालीप्रसाद मेहताको निधनप्रति गहिरो दु:ख व्यक्त गरेका छन् । सभापति देउवाका तर्फबाट कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले (आज) सोमबार शोक विज्ञप्ति जारी गरी अध्यक्ष मेहताको निधनप्रति गहिरो दु:ख व्यक्त गरेका हुन् ।

सभापति देउवाले स्व मेहताप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामना साथै शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नोतर्फबाट गहिरो समवेदना प्रकट गरेका छन् । कांग्रेसका महाधिवेशन प्रतिनिधिसमेत रहेका मेहताको ७८ वर्षको उमेरमा निधन भएको हो ।

स्वर्गीय मेहताले नेपाली कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको कांग्रेसले उल्लेख गरेको छ । उनको निधनबाट पार्टीले एक अग्रज र अनुभवी नेतृत्वलाई गुमाएको कांग्रेसले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्