हिमालयन डिष्टिलरीद्धारा स्वास्थ्य चौकीलाई २० लाखको एम्बुलेन्स प्रदान

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । स्वास्थ्य चौकीले २० लाखको एम्बुलेन्स प्राप्त गरेको छ । हिमालयन डिष्टिलरीले वीरगञ्ज महानगरपालिका-२१ स्थित लिपनीबिर्ता स्वास्थ्य चौकीलाई एम्बुलेन्स प्रदान गरेको हो ।

वडा कार्यालयमा सोमबार आयोजित एक कार्यक्रममा पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य प्रदीप यादवले स्वास्थ्य चौकीलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरेका छन् । वडा नं २१ का वडाध्यक्ष राधाकृष्ण रौनियारको अध्यक्षतामा आयोजित एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा पूर्वमन्त्री यादवले उद्योगी व्यवसायीले सामाजिक कार्यमा लगानी गर्नु सकारात्मक पक्ष रहेको बताएका छन् ।

यस्तै, कार्यक्रममा पूर्ववडाध्यक्ष हबिब मियाँ, हिमालयन डिष्टिलरीका महाप्रबन्धक नवीनकुमार उपाध्याय, लिपनीबिर्ता स्वास्थ्य चौकीका प्रमुख रामेश्वर रामलगायतको उपस्थिति थियो । समाजिक सेवाको उद्देश्यले बिरामीलाई अस्पताल पुर्याउन सहज होस् भन्ने उद्देश्यले २० लाख रुपैयाँको एम्बुलेन्स स्वास्थ्य चौकीलाई प्रदान गरेको महाप्रबन्धक उपाध्यायले जानकारी दिएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्