सुनको मूल्य बुधबार १ हजार रुपैयाँले बढ्यो, चाँदीको कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । साताको कारोबारको चौथो दिन (आज) बुधबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको हो ।

यस्तै, कारोबारको अघिल्लो दिन प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ हजार रुपैयाँले बढेर १ लाख १९ हजार रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजावी सुन १ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख १८ हजार ४ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

चाँदीको मूल्य १५ रुपैयाँले बढेर प्रतितोला १४ सय ६५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार १० ग्राम छापावाला सुनको मूल्य १ लाख २ हजार २५ रुपैयाँ, १० ग्राम तेजाबी सुनको मूल्य १ लाख १ हजार ५ सय ५५ रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १२ सय ५६ रुपैयाँ रहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्