नेकपा माओवादी केन्द्रको सचिवालय बैठक स्थगित, अर्को बैठक बिहीबार हुने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेकपा माओवादी केन्द्रको जारी सचिवालय बैठक स्थगित भएको छ । माओवादी केन्द्रको अर्को बैठक बिहीबार बिहान ८ बजे बस्ने भएको हो ।

पार्टी उपाध्यक्षसमेत रहेका प्रवक्ता अग्नि प्रसाद सापकोटाले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्य व्यस्तताकाकारण आजको बैठक स्थगित भएको जानकारी दिएका छन् । मंगलबारदेखि सुरु भएको बैठक दिउँसो ३ बजेका लागि बोलाएको थियो ।

बैठकमा माओवादीले जारी ‘जनतासँग माओवादी अभियान’ को समीक्षा, आगामी राष्ट्रिय सभा निर्वाचन, विधान सम्मेलन, नेपाल समाजवादी पार्टीसँगको एकता र केन्द्रिय समिति बैठकका विषयमा छलफल गरिरहेको छ । मंगलबार १० वटै प्रदेश कमिटीका इन्चार्जहरू रिपोर्टीङ राख्ने काम सकिएको हो ।

उक्त विषयमा बिहीबारको बैठकले छलफल गर्ने प्रवक्ता सापकोटाले जानकारी दिएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्