बिहीबार सुनको मूल्य स्थिर रह्यो, चाँदीको मूल्य १५ रुपैयाँले बढ्यो

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । साताको कारोबारको पाँचौं दिन (आज) बिहीबार सुनको मूल्य स्थिर रहेको छ । कारोबारको अघिल्लो दिन प्रतितोला १ लाख १९ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज पनि १ लाख १९ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै, तेजावी सुनको मूल्य पनि स्थिर रहेर प्रतितोला १ लाख १८ हजार ४ सय ५० रुपैयाँमै कारोबार भईरहेको छ । चाँदीको मूल्य १५ रुपैयाँले बढेर प्रतितोला १४ सय ८० रुपैयाँमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार १० ग्राम छापावाला सुनको मूल्य १ लाख २ हजार २५ रुपैयाँ, १० ग्राम तेजाबी सुनको मूल्य १ लाख १ हजार ५ सय ५५ रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १२ सय ६९ रुपैयाँ रहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्