माओवादी केन्द्रले विधान सम्मेलन फागुनको पहिलो साता गर्ने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले आगामी फागुन पहिलो साता विधान सम्मेलन गर्ने भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा (आज) बिहीबार भएको केन्द्रीय पदाधिकारी बैठकले विधान सम्मेलन अगाडि स्थायी समिति र केन्द्रीय समिति बैठक गर्ने निर्णय गरेको हो ।

स्थायी समिति बैठक यही पुस महिनाको अन्तिममा बस्ने भएको छ । बैठकले सात सदस्यीय विधान मस्यौदा समितिसमेत गठन गरेको पार्टी सचिव गणेश साहले राससलाई जानकारी दिएका छन् ।

समितिमा उपाध्यक्ष पम्फा भुसाल, महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवत्रय गिरिराजमणि पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा तथा सचिवद्वय साह र सुरेन्द्र कार्की रहेका छन् । समितिले १५ दिनभित्र विधानको मस्यौदा तयार गर्नेछ ।

बैठकले यही पुस १६ गते सबै स्थानीय तहमा जनपरिचालन गरेर पार्टी रुपान्तरण अभियानको समापन गर्ने निर्णय गरेको सचिव साहले बताएका छन् । माओवादीले गत भदौ १६ गतेदेखि रुपान्तरण अभियान सञ्चालन गरेको थियो । बैठकले रुपान्तरण अभियान प्रभावकारी भएको निष्कर्ष निकालेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्