नेप्सेमा दोहोरो अंकको गिरावट, २१०९.१० बिन्दुमा बजार बन्द !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । साताको कारोबारको पाँचौँ दिन (आज) बिहीबार सेयर बजार दोहोरो अंकले घटेको छ । बुधबार ३५.३९ अंकले बढेको नेप्से परिसूचक आज ३२.७७ प्रतिशतले घटेर २१०९.१० बिन्दुमा बजार बन्द भएको हो ।

आज कारोबार रकम पनि घटेको छ । बुधबार ७ अर्ब ९५ करोड रूपैयाँको सेयर कारोबार भएको बजारमा, आज ६ अर्ब २७ करोड रूपैयाँको १ करोड ७१ लाख ७२ हजार १४९ कित्ता सेयर खरिद-बिक्री भएको छ । बिहीबार सबैभन्दा बढी सूर्यज्योति जीवन बीमा कम्पनीका लगानीकर्ताले ७.४४ प्रतिशतले घाटा बेहोरेका छन् ।

यस्तै, उन्नति सहकार्य लघुबित्त वित्तीय संस्थाको ७.२६, ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाको ६.८१ र युनियन हाइड्रोपावरको ६.५२ प्रतिशतले सेयर घटेको छ । आज बोटलर्स नेपाल, आशा लघुवित्त वित्तीय संस्था, धौलागिरी लघुवित्त वित्तीय संस्था, बीपीडब्लू लघुवित्त वित्तीय संस्था र चिरख्वा हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशत नाफा कमाएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्