‘मनका कुरा विथ वसन्त चौधरी’ प्रसारण हुने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । उद्यमी तथा साहित्यकार वसन्त चौधरीले समाजका विभिन्न क्षेत्रका व्यक्तित्वसँग अन्तर्वार्ता गरी युट्यब च्यानलमार्फत ‘मनका कुरा विथ वसन्त चौधरी’ श्रव्यदृश्य कार्यक्रम सञ्चालन गरेका छन् । सिजी इन्टरटेन्मेन्टद्वारा शुक्रबारदेखि उक्त श्रब्यदृश्य कार्यक्रम प्रसारण गर्ने इन्टरटेनमेन्टका सहअध्यक्ष एवं वरिष्ठ कलाकार हरिहर शर्माले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् ।

उनका अनुुसार शुक्रबारदेखि सिजी इन्टरटेनमेन्ट युट्युब च्यानलमा हरेक शुक्रबार राति ८ बजे उक्त कार्यक्रम प्रसारण हुनेछ । उक्त कार्यक्रममा वसन्त चौधरीका भोगाइ, सफलताका कुराबाहेक जीवन, जगत्बाट सिकेका र अनुभूत गरेका भोगाइ, उनका सिर्जनाका साथै समाजका विभिन्न क्षेत्रमा लागेर ख्याति कमाएका र सङ्घर्षशील जीवन यापन गरी समाजमा उदाहरणीय बनेका व्यक्तित्वका अनुभूति र कार्यपद्धतिलाई समेटिने पत्रकार सम्मेलनमा वरिष्ठ कलाकार शर्माले जानकारी दिएका छन् ।

कार्यक्रमका हरेक शृङ्खलामा ती व्यक्तित्वलाई ल्याएर उनीहरुको सङ्घर्ष तथा जीवन यात्राका आरोह-अवरोह पस्किने र यसबाट समाजमा सकारात्मक काम तथा जीवनमा प्रगतिका लागि प्रेरणा प्रदान गर्न सकिने सो कार्यक्रमको लक्ष्य रहेको शर्माले बताएका छन् । उद्योगी व्यवसायी चौधरी व्यवसायका साथै साहित्यकर्ममा पनि रहेका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्