सन्दीपविरुद्धको मुद्दा ‘हेर्दा हेर्दै’मा, आइतबार पनि सकिएन सुनुवाइ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । सन्दीप लामिछानेविरुद्ध काठमाडौँ जिल्ला अदालतमा सुनुवाइ नसकिएपछि मुद्दालाई हेर्दा हेर्दैमा राखिएको छ । जिल्ला अदालत काठमाडौँमा दायर बलात्कार मुद्दाको अन्तिम सुनुवाइ जारी रहेको हो ।

लामो सयमदेखि अदालतमा अड्किएको यो मुद्दामा आइतबार भएको सुनुवाइ नसकिएपछि यो हेर्दा हेर्दैमा राखिएको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासमा जारी सुनुवाइमा आज पहिला पीडिततर्फबाट सरकारी वकिलले बहस गरेका थिए ।

यस्तै, सरकारी वकिलले बहस सकेपछि पीडितका निजी कानुन व्यवसायीले पनि बहस गर्ने तालिका छ । पीडितका तर्फबाट बहस पूरा भएपछि अभियुक्त सन्दीपका तर्फबाट कानुन व्यवसायीले बहस गर्नेछन् ।

मुद्दाको अन्तिम सुनुवाइ सकिएपछि सन्दीपको मुद्दाले किनारा पाउनेछ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्