अवरुद्ध भएको बिपी राजमार्ग सञ्चालनमा..

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । अवरुद्ध बिपी राजमार्ग सञ्चालनमा आएको छ । सिन्धुलीको सुनकोसी गाउँपालिकामा भएको मोटरसाइकल दुर्घटनामा सवार २ जनाको मृत्यु भएपछि स्थानीयले बसमा आगालागी गरेकाले अवरुद्ध बनेको बिपी राजमार्ग सञ्चालनमा आएको हो ।

उक्त राजमार्ग अपराह्न १ बजेदेखि सञ्चालनमा आएको छ । मोटरसाइकललाई ठक्कर दिने अरनिको यातायात सेवा समितिको बसमा स्थानीयले आगजनी गरेपछि बिपी राजमार्ग अवरुद्ध भएको थियो । सोमबार बिहान रामेछापको मन्थलीबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख ४५९३ नं को अरनिको यातायात सेवा प्रालिको बसले काठमाडौँबाट खुर्कोट जाँदै गरेको बा६०प ३५४५ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार खोटाङको दिक्तेल नगरपालिका-१० रुपाकोटकी १८ वर्षीया मुनाकला राईको घटनस्थलमै मृत्यु भएको थियो ।

सो मोटरसाइकल चालक खोटाङ जिल्ला तुवाचुङ नगरपालिका-२ का कुमार राईको पनि उपचारका लागि स्थानीय खाल्टे अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्