मंगलबारको मौसम पूर्वानुमान !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले नेपालमा हाल उल्लेखनीय मौसमी प्रणाली नरहेपनि चिसो बढिरहेको जनाएको छ । तापक्रम घटेकाले काठमाडौँमा दिउँसो घाम लागेपनि बिहान र बेलुका बढी जाडो महसुस गरिएको छ ।

हाल देशको कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभरको तापक्रम घट्नेक्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्