मंगलबार ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । साताको कारोबारको तेश्रो दिन (आज) मंगलबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा छापावाला सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको हो ।

सोमबार प्रतितोला १ लाख १९ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ६ सय रुपैयाँले बढेर १ लाख २० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । तेजावी सुनको मूल्य प्रतितोला १लाख १९ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर प्रतितोला १४ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार १० ग्राम छापावाला सुनको मूल्य १ लाख ३ हजार ३ सय १० रुपैयाँ, १० ग्राम तेजाबी सुनको मूल्य १ लाख २ हजार ७ सय ९५ रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १२ सय७३ रुपैयाँ रहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्