प्रधानमन्त्रीद्वारा राष्ट्रका नाममा सम्बोधन..

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वमा सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा राष्ट्रका नाममा सम्बोधन गरेका छन् । उनले (आज) मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट सम्बोधन गरिरहेका छन् ।

सम्बोधनका क्रममा प्रधानमन्त्री दाहालले आफ्नो नेतृत्वमा सरकार गठन भएयताको एक वर्षको अवधिमा भएका मुख्यमुख्य कामका विवरणसहित सुशासन प्रर्वधन तथा सामाजिक न्यायको प्रत्याभूति र मुलुकको आर्थिक विकासका निम्ति भएका प्रयास र आगामी कार्ययाजनाबारे जानकारी दिने बताएका छन् । सम्बोधन समारोहमा मन्त्रिपरिषद्का सदस्य, विभिन्न मन्त्रालयका सचिवलगायत उच्च सरकारी अधिकारीको उपस्थिति रहेको छ ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहाल गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । वर्तमान सरकारले सुशासन, आर्थिक समृद्धि र सामाजिक न्यायलाई प्राथमिकतामा राखी कार्यसम्पादन गरिरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्