नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट, १७.२३ अङ्कले घटेर २०७०.८४ को बिन्दुमा कायम

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । बुधबार नेप्से परिसूचक १७.२३ अङ्कले घटेर २०७०.८४ को बिन्दुमा कायम भएको हो ।

आज ३ सय सात कम्पनीको १ करोड ४३ लाख ३७ हजार ७ सय ३८ कित्ता सेयर १ लाख १७ हजार ४ सय ७६ पटक खरिदबिक्री हुँदा ५ अर्ब २४ करोड ८७ लाख ८२ हजार ६ सय ११ रुपैयाँ बराबरको कारोबार भएको छ । म्युचुअल फन्ड समूह ०.५३ र निर्जीवन बीमा समूह १.१६ प्रतिशतले बढेका छन् भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै व्यापार समूहको उपसूचकमा २.३२ प्रतिशतको गिरावट देखिएको छ ।

चारवटा कम्पनीको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड, इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड, मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेड र चिर्खवा हाइड्रोपावर लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको हो । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको नेप्सेले जनाएको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको १९ करोड ६६ लाख ६४ हजार ७ सय ९३ रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएका सेयर सङ्ख्याका आधारमा हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको ५ लाख ७ हजार ७ सय ७५ कित्ता सेयर किनबेच भएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्