संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको अध्यक्षमा योगेन्द्रकुमार कुँवर चयन

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी)को अध्यक्षमा योगेन्द्रकुमार कुँवर चयन भएका छन् । जेटियुसीसीको यही पुस १४- १५ गते काठमाडौँमा सम्पन्न छैटौँ राष्ट्रिय ट्रेड युनियन सम्मेलनले कुँवरलाई अध्यक्षमा चयन गरेको हो ।

नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्षसमेत रहेका कुँवरलाई १ वर्षका लागि जेटियुसीसीको राष्ट्रिय अध्यक्ष चयन गरेको छ । महासचिवमा लालकुमार लामा र महिला संयोजकमा विष्णु थापामगरलाई चयन गरेको हो ।

जेटियुसीसीमा हाल नेपालमा मान्यताप्राप्त १० वटा ट्रेड युनियन महासङ्घ आवद्ध छन् । हरेक एक-एक वर्षमा हुने जेटियुसीसीको अध्यक्षमा भने प्रत्येक वर्ष छुट्टाछुट्टै ट्रेड युनियन संस्थाले प्रतिनिधित्व गर्दै आएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्