फाखेल-फर्पिङ सडकखण्ड दुई महिनाका लागि बन्द !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । फाखेल-फर्पिङ सडकखण्ड दुई महिनाका लागि बन्द भएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका अन्तर्गत पर्ने कुलेखानी, हुमाने, फाखेल सडक र हुमाने मातातीर्थ हुँदै काठमाडौँको टेकु जोड्ने सडक निर्माण र स्तरोन्नति गरिने भएकाले सवारीसाधन सञ्चालन दुई महिनाका लागि बन्द भएको हो ।

सोमबारदेखि आगामी फागुन १५ गतेसम्म फाखेल-फर्पिङ सडकखण्डमा सवारीसाधन आवागमन बन्द गरिएको इन्द्रसरोवर गाउँपालिकाका सूचना अधिकारी दीपक चापागाईले जानकारी दिएका छन् । वैकल्पिक यात्राका लागि हेटौँडा-भीमफेदी कुलेखानीबाट इन्द्रसरोवरको सिस्नेरी दक्षिणकाली तथा कुलेखानीको कलंकी हुँदै मार्खु र चित्लाङको बाटो हुँदै काठमाडौँको थानकोट पुग्ने सडक प्रयोग गर्न उनले आग्रह गरेका छन् ।

सूचना अधिकारी चापागाईका अनुसार वैकल्पिक यात्राका लागि काठमाडौँको चापागाउँ हुँदै कान्तिलोक पथबाट हेटौँडातर्फ आउने सडक प्रयोग गर्न सकिने छ ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्