रकम हिनामिना गरेको आरोपमा टुटलका संस्थापक पक्राउ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । रकम हिनामिना गरेको आरोपमा टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ परेका छन् । राइड शेयरिङ एप टुटलका संस्थापक भट्टलाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले बिहीबार राति पक्राउ गरेको हो ।

उनीविरुद्ध प्रतिलिपि अधिकारको उल्लंघन गरेको र आपराधिक विश्वासघात गरेको आरोपमा प्रहरीमा जाहेरी परेको थियो । प्रहरीका अनुसार यो विवाद टुटलसँगै सम्बन्धित छ । भट्टका साथीहरुले सुरुमा प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमा उजुरी दिएका थिए । त्यहाँबाट यो विषय प्रहरीसम्म पुगेको थियो ।

भट्टले टुटल कम्पनी १ करोड रुपैयाँमा बिक्री गरेको र सोबापत आएको रकम आफू एक्लैले चलाएको उजुरीमा उल्लेख छ । उनीविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । काठमाडौँ प्रहरीका अर्का एक अधिकृतले भने, ‘यो साथीहरुबीचकै विवाद जस्तो देखिएको छ । अर्को पक्षलाई बोलाएका छौँ ।’ राइड शेयरिङ एप टुटल नाकाबन्दीपछि नेपालमा सञ्चालनमा आएको थियो । तर, पठाओसहितका केही राइड सेयरिङ एप पनि सञ्चालनमा आएपछि बन्द भएको टुटल केही महिनाअघि पुनस् सञ्चालनमा आएको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्