महोत्सवमा ८५ लाखको जुत्ताचप्पल बिक्री

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाली जुत्ताचप्पल उद्योगी समूह र बिर्तामोड सिटी सेन्टर इन्भेस्टमेन्ट प्रालिले बिर्तामोडमा आयोजना गरेको ‘प्रथम जुत्ताचप्पल व्यापार महोत्सव’मा १० दिनमा ८५ लाख रुपैयाँको कारोबार भएको छ । यही पुस ९ गते देखि माघ ९ गतेसम्म महोत्सव सञ्चालन हुने भएको हो ।

महोत्सवको १० दिनमा ६० हजारले मेला अवलोकन गरेका नेपाली जुत्ताचप्पल उद्योगी समूहका पूर्व अध्यक्ष होम उपाध्यायले बताएका छन् । एक महिनामा १लाख ५० हजार दर्शकलाई अवलोकन गराउने भन्दै ३ करोड रुपैयाँको जुत्ताचप्पल बिक्री गर्ने लक्ष्य रहेको उनले जानकारी दिएका छन् । बिर्तामोड सिटी सेन्टर इन्भेस्टमेन्ट प्रालिका सञ्चालक उमेश राउतले महोत्सवमा आठ कम्पनीका १५ ब्रान्डका ३ हजार डिजाइनका जुत्ताचप्पल बिक्रीका लागि राखिएको बताएका छन् । छिल्लो समय स्वदेशमा उत्पादित गुणस्तरीय जुत्ताचप्पलले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गरिरहेको जनाउँदै नेपाली जुत्ताचप्पल उद्योगी समूहका पूर्व अध्यक्ष उपाध्यायले सामूहिक ब्रान्डिङ र शोरुमको अभ्यास थालिएको जानकारी दिएका छन् ।

उनका अनुसार महोत्सवमा २० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था रहेको छ । हाम्रो जुत्ता घर नामक फेसबुक पेज लाइक गर्नेहरुलाई सामान खरिदमा दुई प्रतिशत ‘क्यास ब्याक’ अफर दिइएको आयोजकले जनाएको छ । व्यापारी टीका उप्रेतीले महोत्सवमा उत्साहजनक व्यापार भइरहेको जनाएका छन् । उनले भने, ‘दैनिक एउटा स्टलबाट  २५ हजार रुपैयाँसम्म बिक्री भइरहेको छ । आगामी दिनमा अझ बढ्ने आशा गरेका छौँ ।’

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्