शुक्रबार यस्तो छ तरकारी तथा फलफुलको मूल्य…

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार तरकारी तथा फलफुलको मूल्यमा सामान्य घटबढ भएको पाइएको हो ।

समितिका अनुसार नेपाली ठूलो गोलभेडा प्रतिकेजी ४० रुपैयाँ, लोकल सानो गोलभेडा १०, अदुवा १ सय ५०, रातो आलु ३३, रातो भारतीय आलु २९ रुपैयाँमा कारोबार हुँदा स्थानीय काउली ३०, स्थानीय काउली(ज्यापु) ४०, ब्रोकाउली ५०, कागती १ सय २०, सुकेको खुर्सानी ४ सय ८०, हरियो खुर्सानी ६० रुपैयाँ प्रतिकेजी कायम भएको छ । शुक्रबार लोकल बन्दा २५, लोकल गाजर प्रतिकेजी ३५ रुपैयाँ, लोकल सेतो मूला र रातो मूला १०, लोकल घिउ सिमी ४०, राजमा घिउ सिमी ७०, हरियो फर्सी लाम्चो ५०, डल्लो हरियो फर्सी ४० रुपैयाँमा खरिदबिक्रि भइरहेको छ ।

यस्तै, तोरीको साग ४०, रायो साग ३०, चमसुर, पालुँगो, मेथी र सौफको साग ८० रुपैयाँमा कारोबार भइरहेको छ । आज गुन्द्रुक २ सय ५०, डल्ले च्याउ ३ सय ५०, शरीफा २ सय ५०, भारतीय सुकेको प्याज ८०, चाइनिज प्याज ६०, हरियो प्याज ९० र पुदीना २ सय ५० रुपैयाँ केजी, चाइनिज सुकेको लसुन २ सय ५०, हरियो लसुन ८०, नेपाली सुकेको लसुन २ सय ६०, चुकुन्दर ७०, तामा ९०, तोफु १ सय २०, तिते करेला १ सय ३०, भिण्डी ९०, पिंडालू ५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार शुक्रबार हरियो अंगुर प्रतिकेजी २ सय २० रुपैयाँ, कालो अंगुर ३ सय २०, केरा १ सय ३०, अनार २ सय ५०, किवि ३ सय, आभोकाडो २ सय ५०, अमला ७० र अम्बा १ सय रुपैयाँमा खरिदबिक्री भइरहेको छ । त्यस्तै, स्ट्रबेरी ४ सय रुपैयाँ, रुख कटहर १ सय १० रुपैयाँ, मौसम १ सय २०, लोकल काक्रो १ सय २०, हाइब्रीड काक्रो ३०, जुनार २ सय, नेपाली मेवा ६० र लप्सी ६० रुपैयाँमा खरिदबिक्रि भइरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्