नेपालमा खेलकुदको प्रचुर सम्भावना छ: प्रधानमन्त्री दाहाल

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा सम्भावनाका धेरै क्षेत्र भएको र त्यसमा पनि खेलकुद प्रचुर सम्भावना बोकेको क्षेत्र भएको बताएका छन् । नेपाल बादोरियो कराते डो सङ्घद्वारा शुक्रबार आयोजित ‘चौथो राष्ट्रिय बादोरियो खुला कराते प्रतियोगिता’को उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।

नेपालमा भर्खरै सम्पन्न दक्षिण एसियाली कराते च्याम्पियनसिप, बङ्गलादेशमा सम्पन्न पाँचौँ दक्षिण एसियाली कराते च्याम्पियनसिप, १९औँ संस्करणको एसियाली खेलकुदलगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीले राम्रो नतिजा निकालेको उनले उल्लेख गरेका छन् । प्रधानमन्त्री दाहालले खेलकुदमा राम्रो सम्भावना भएको जानकारी दिएका छन् ।

उनले भने, ‘नेपाल अपार सम्भावनाले भरिपूर्ण देश हो । देशको विकास र प्रगतिका निम्ति हामीसँग प्रशस्त सम्भावना छन् । त्यसमध्ये खेलकुद राम्रो सम्भावना बोकेको क्षेत्र हो । पछिल्लो दशक खेलमा नेपालले गरेको प्रगतिले पनि यो यथार्थलाई पुष्टि गर्दछ । त्यसैले मैले आफ्नो तेस्रो कार्यकालमा खेल क्षेत्रलाई सबैभन्दा बढी महत्व दिएको छु ।’

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्