विमान उडाउन ढिला गरेको भन्दै भारतीय यात्रुले पाइलट कुटे

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । विमान उडाउन ढिला गरेको भन्दै भारतीय यात्रुले पाइलटलाई कुटपिट गरेका छन् । भारतको दिल्लीमा बाक्लो कुहिरो र हुस्सुका कारण उडान ढिलो भएपछि विमानका पाइलटमाथि यात्रुले कुटपिट गरेका हुन् ।

यात्रुले पाइलटमाथि हातपात गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडियोमा पाइलटले विमान उडान ढिलो हुने घोषणा गरिरहँदा एक यात्रु दौडँदै गएर उनलाई थप्पड हानेको देखिन्छ ।

इन्डिगो एयरलाइन्सले पाइलटमाथि कुटपिट गर्ने यात्रुविरुद्ध उजुरी दिएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्