‘ब्लड क्यान्सर’पीडित बालकलाई आर्थिक सहयोग

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । गोरखाको भीमसेन थापा गाउँपालिका-३ का  १४ वर्षीय ‘ब्लड क्यान्सर’बाट पीडित दिवस खनालको उपचारका लागि रु १ लाख ३ सय १३ आर्थिक सहयोग गरिएको छ । धावा गोरखा सम्पर्क समिति दिल्लीबाट सङ्कलन गरिएको उक्त रकम शनिबार हस्तान्तरण गरिएको हो ।

सो रकम सम्पर्क समितिका अध्यक्ष यामलाल शाक्यले पीडित बालककी आमा विमला खनाललाई हस्तान्तरण गरेका हुन् । कार्यक्रममा सम्पर्क समितिका अध्यक्ष शाक्यले प्रवासमा श्रम बेचेर कमाउँदै आएका सहयोगी मनबाट सङ्कलन भएको रकम सहयोग गरिएको जानकारी दिएका छन् । उनले नेपालमा उपचार गराउन समस्या भएर अनाहक ज्यान गुमाउनुपर्ने अवस्थामा पुगेकाको जीवन बचाउन पाउँदा आफूहरूलाई खुसी मिलेको बताएका छन् ।

क्यान्सरपीडित बालककी आमा खनालले छोराको उपचारका लागि विदेशमा बस्ने नेपालीले सहयोग गरेको भन्दै आभार व्यक्त गरेका छन् । यसअघि उक्त सम्पर्क समितिले गोरखाका राजु खनालको उपचारका लागि रु ५० हजार, निर्माण धमलाको उपचारका लागि रु १ लाख ८५ हजार, शर्मिला परियारको उपचारका लागि रु ७० हजार, चिनीमाया शाक्यको उपचारका लागि रु १ लाख, सुकुमाया श्रेष्ठको उपचारका लागि रु ६० हजार र विपना गिरीको उपचारका लागि रु २४ हजार सहयोग गरिसकेको छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्