रवि लामिछानेले आफूमाथि लागेका आरोपको एकमुष्ट जवाफ दिन पत्रकार सम्मेलन गर्ने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सोमबार साँझ पत्रकार सम्मेलन गर्ने भएका छन् । सहकारी ठगीको विषयलाई लिएर आफूमाथि लागेका आरोपको खण्डन गर्न उनले पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

सभापति लामिछानेमाथि ग्यालेक्सी टेलिभिजनमा हुँदा जिवी राई अध्यक्ष रहेका विभिन्न सहकारीको रकम हिनामिना संलग्न रहेको आरोप लाग्दै आएको छ । लामिछानेले आफूमाथि लागेका आरोपको एकमुष्ट जवाफ दिन पत्रकार सम्मेलनको तयारी गरेको जानकारी दिएका छन् ।

उनेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘गाली गर्न कोही छुट्नु भो कि ? छुट्नु भएको भए गरिहालौं है। मलाई केही कुरा लुकाउनु छैन। पहिलेदेखि जे भन्दै आएँ, त्यसैमा अडिग छु । मिडियामा निरन्तर आइरहेका ‘स्लिप’मा कोहि ‘स्लिप’ हुनै पर्दैन। बाँकी भ्याए सम्म आजै साँझ प्रेस मिटको तयारी गर्दैछु । सारा प्रश्नहरु एकत्रित पार्दै गर्नु होला, कसैको कुनै प्रश्न नछुटोस् । त्यसैबाट सबै स्पष्ट पार्ने नै छु ।’

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्