नापी सर्वेक्षक यादवसहित ३ जना पक्राउ, थप अनुसन्धान जारी

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नापी सर्वेक्षक रामवीर यादवसहित तीन जना पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर नापी कार्यालयका नापी सर्वेक्षक रामवीर यादवसहित तीन जनालाई पक्राउ गरेको हो ।

आयोगले मंगलबार एक सुचना जारी गर्दै तीनै जनालाई रु २ लाख ५० हजार घूससहित पक्राउ गरेको जनाएको छ । जग्गा कित्ताकाट गरी जग्गाधनी प्रमाण पुर्जा बनाउने क्रममा सेवाग्राहीसँग घूस माग गरिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा प्रहरीले उनीहरुलाई घूससहित पक्राउ गरेको हो ।

नापी सर्वेक्षक यादवसहित लेखापढी व्यवसायी दिनेश बन्जरा र विनोद अधिकारीलाई मंगलबार कार्यालय परिसरबाटै पक्राउ गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले बताएका छन् । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्