‘नेपाल-चीन सम्बन्ध बिगार्न केही देश लागेका छन्’: उपमन्त्री सुन हाइयान

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाल भ्रमणमा रहेकी चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हाइयानले नेपाल-चीन सम्बन्ध बिगार्न केही देश लागिपरेको बताएकी छिन् । काठमाडौँमा राजनितिक दलका नेताहरूसँग भएको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

नेपाल-चीनबीचको राजनीतिक सम्बन्ध राम्रो भए पनि केही देशले भने भाँजो हाल्न खोजेको उनको आरोप छ । केही देशले नेपाल-चीनबीचको राजनीतिक सम्बन्ध राम्रो भएको हेर्न नचाहेको आरोप लगाएकी उनले देशको नाम भने उल्लेख गरिनन् । क्षेत्रीय द्वन्द्व बढाउने र गलत अफवाह फैलाउने काम भइरहेकाले यसलाई चीर्न चीन र नेपालबीचको मित्रता अझ बलियो बनाउन आवश्यक रहेको उनको भनाइ छ ।

नेपालमा चिनियाँ पर्यटकहरू आइरहेको बताउँदै उनले नेपालको पर्यटन विकासमा नीतिगत सुधारको आवश्यकता औँल्याइन् । नेपालमा थप पूर्वाधार विकास नीतिगत सुधारको खाँचो रहेको उनको भनाइ छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्