साताको कारोबारको पहिलो दिन १०.३७ अंकले बढ्यो नेप्से परिसूचक

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । साताको कारोबारको पहिलो दिन (आज) आइतबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आइतबार नेप्से परिसूचक १०.३७ अंकले बढेर २०९४.४६ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कुल ३ सय ६ कम्पनीको १ करोड ७५ लाख १ हजार १ सय ६४ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ८३ करोड ३७ लाख ७६ हजारमाथिको सेयर कारोबार भएको छ ।

आइतबार सबैभन्दा बढी कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । सो कम्पनीको ३३ करोड ५३ लाख ४५ हजार ८ सय ८७ रुपैयाँ ८० पैसा बराबरको सेयर कारोबार भएको छ । आज सेयर बजारमा सबैभन्दा बढी मिड सोलु हाइड्रो पावर लिमिटेड कम्पनीका लगानीकर्ताले कमाएका छन् । सो कम्पानीको सेयर मुल्यमा पोजेटिभ सक्र्रिट लागेको छ ।

त्यसैगरी, सेयर बजारमा चन्द्रागिरि हिल्स् लिमिटेड कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । सो कम्पनीको सेयर मुल्य ९.८६ प्रतिशतले घटेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्