घुस लिने र दिने दुवैविरुद्ध आयोगद्धारा भ्रष्टाचारको मुद्दा दायर

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । घुस लिने र दिने दुवैविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ । आयोगले घुस लिने राहदानी विभागमा करारमा कार्यरत इन्जिनियर प्रदीप भट्टराई र घुस दिने सेवाग्राही सुमी धामी भन्ने सुमित्रा सापकोटाविरुद्ध घुस रकम लेनदेनको अभियोगमा आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागबाट राष्ट्रिय परिचय पत्र सहजीकरणको खटाइएका भट्टराईले राहदानी बनाएबापत घुस लिएका थिए । भट्टराईले सुमित्राबाट ३४ हजार घुस लिएको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिएका छन् ।

उनका अनुसार उनीहरूसँग ३४ हजार रकम बिगो दाबीसमेत गरिएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्