कारोबारको दोस्रो दिन पनि बढ्यो नेप्से परिसूचक, ४ अर्बमाथिको सेयर कारोबार

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । साताको कारोबारको दोस्रो दिन (आज) सोमबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा सोमबार नेप्से परिसूचक १०.२६ अंकले बढेर २१०४.७२ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कुल ३ सय ११ कम्पनीको १ करोड २३ लाख २२ हजार ७ सय ५ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ५६ करोड ६५ लाख २२ हजारमाथिको सेयर कारोबार भएको छ ।

सोमबार सबैभन्दा बढी कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । सो कम्पनीको ६० करोड १६ लाख ७१ हजार ८ सय ९ रुपैयाँ २० पैसा बराबरको सेयर कारोबार भएको छ । आज सेयर बजारमा सबैभन्दा बढी युनियन हाइड्रो पावर लिमिटेड कम्पनीका लगानीकर्ताले कमाएका छन् । सो कम्पानीको सेयर मुल्यमा पोजेटिभ सक्र्रिट लागेको छ ।

त्यसैगरी, सेयर बजारमा गरिमा डिभेन्चर,२०८० कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । सो कम्पनीको सेयर मुल्यमा नेगेटिभ सर्किट लागेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्