‘संविधान बचाउने कर्तव्य दलहरुको हो’: कोइराला

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शशाङ्क कोइरालाले अहिलेको संविधान जोगाउने कर्तव्य दलहरुको रहेको बताएका छन् । चितवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

नेता कोइरालाले संविधानमाथि छेडखानी गर्नु राम्रो नभएको उल्लेख गरेका छन् । ‘लामो समयदेखिको उपलब्धिमाथि खेलवाड गर्नुहुँदैन’, उनले भने । पूर्व राजा ज्ञानेन्द्र शाहको सक्रियताप्रति लक्षित गर्दै उनले आन्दोलनबाट हटाइएको एउटा संस्था पुन:स्थापना गर्न कठिन हुने बताएका छन् । फरक प्रसङ्गमा नेता कोइरालाले राष्ट्रियसभाको निर्वाचनमा कोशी प्रदेशमा आएको मतपरिणामले सत्ता गठबन्धनमा उथलपुथल ल्याएको उनको भनाइ छ ।

मत परिणाम नसोचेको आए पनि सत्ता गठबन्धन परिवर्तन नहुने उनको भनाइ थियो । उनले भने, ‘कोशी प्रदेशको मतले केही सङ्केत देखाएको छ । तर, समिकरणमा परिवर्तन हुँदैन ।’ सरकारलाई सचेत गराउने कांग्रेसको कर्तव्य भएको नेता कोइरालाको भनाइ थियो । ‘समुदायमा कांग्रेस कार्यक्रम पनि यही अनुसार भइरहेको छ’, उनले भने । विसं २०८४ मा हुने निर्वाचनलाई लक्षित गर्दै अभियान सञ्चालन गरिएको नेता कोइरालले जानकारी दिएका छन् ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्