१० रोपनी जग्गा घोटाला प्रकरणमा व्यवसायी अरुण चौधरी पक्राउ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले व्यवसायी अरुण चौधरीलाई पक्राउ गरेको छ । बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा घोटाला प्रकरणमा व्यवसायी चौधरी र बाँसबारी  छालाजुत्ता कारखानाका तत्कालीन सञ्चालक समिति अध्यक्ष अजितनारायणसिंह थापालाई बिहीबार सिआइबीको टोलीले पक्राउ गरेको हो ।

चौधरीलाई बिहीबार काठमाडौँको लैनचौर र थापालाई बत्तीसपुतलीबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)का प्रवक्ता नवराज अधिकारीले जानकारी दिएका छन् ।

उनले भने, ‘व्यवसायी अरुण चौधरी र तत्कालीन अध्यक्ष थापालाई पक्राउ गरिएको हो । बाँकी जानकारी पछि सार्वजनिक हुने छ ।’

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्