आगामी बजेट उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुनेछ: प्रधानमन्त्री दाहाल

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्ष २०८१-८२को बजेट उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने बताएका छन् । ८औँ नुवाकोट महोत्सवलाई शुक्रबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले कृषि उत्पादन वृद्धि हुनेगरी बजेट निर्माण गरिने स्पष्ट पारेका छन् । राष्ट्रिय बजेट प्रणालीमा आमूल परिवर्तन गर्ने प्रक्रिया अघि बढेको जानकारी दिँदै प्रधानमन्त्री दाहालले परम्परागत बजेट प्रणालीलाई रुपान्तरण गरिने जानकारी दिएका छन् । सरकारको नीति तथा कार्यक्रम र बजेट निर्माणका लागि सबै क्षेत्रसँग छलफल गर्ने तथा सुझाव लिने काम भइरहेको उनको भनाइ छ ।

यस्तै, बजेट निर्माण प्रक्रिया अगाडि बढेको जानकारी दिँदै उनले आगामी आर्थिक वर्षको बजेटले मुलुकको रुपान्तरण गर्ने विश्वास दिलाएका छन् । मुलुकको अर्थतन्त्र विस्तारै लयमा आउन थालेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भने, ‘अर्थतन्त्रका सूचक धेरै उत्साहजनक रहेका छन् । देशी मुद्राको सञ्चिती तथा पर्यटकको आगमनमा वृद्धि भएको छ । यसले अर्थतन्त्रलाई सही बाटोमा ल्याउन मद्धत गरेको छ । पछिल्लो समय राजस्वमा पनि वृद्धि भएको छ ।’

प्रधानमन्त्री दाहालले धार्मिक, ऐतिहासिक, कृषि, पर्यटन व्यवसाय र कला संस्कृतिको विकासमा सरकारले सहयोग गर्ने जनाएका छन् । उनले नुवाकोट दरबारको पुन:निर्माणमा सरकारले ध्यान दिने बताएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्