१५.३३ अंकले बढ्यो सोमबार नेप्से परिसूचक, ३ अर्ब ५८ करोडमाथिको सेयर कारोबार

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । साताको कारोबारको दोस्रो दिन (आज) सोमबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा सोमबार नेप्से परिसूचक १५.३३ अंकले बढेर २१०१.१६ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कुल ३ सय १४ कम्पनीको १ करोड १० लाख ८ हजार १ सय २२ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ५८ करोड ६९ लाख ८४ हजार १ सयमाथिको सेयर कारोबार भएको छ ।

सोमबार सबैभन्दा बढी कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । उक्त कम्पनीको २३ करोड २३ लाख ५४ हजार ४९ सय रुपैयाँ ४० पैसा  बराबरको सेयर कारोबार भएको छ । आज सेयर बजारमा सबैभन्दा बढी बोट्लर्स नेपाल (बालाजु) लिमिटेड कम्पनीका लगानीकर्ताले कमाएका छन् । सो कम्पनीको सेयर मुल्यमा पोजेटिभ सर्किट लागेको छ ।

त्यसैगरी, सेयर बजारमा एनआइसी एशिया ग्रोथ फण्ड-२ कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । सो कम्पनीको सेयर मुल्य ८.८९ प्रतिशलले घटेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्