३०.५६ अंकले घट्यो मंगलबार नेप्से परिसूचक !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । साताको कारोबारको तेस्रो दिन (आज) मंगलबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा मंगलबार नेप्से परिसूचक ३०.५६ अंकले घटेर २०७०.५९ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कुल ३ सय ५ कम्पनीको १ करोड २१ लाख ६५ हजार २ सय २ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ६६ करोड ७१ लाख ७९ हजार ३ सयमाथिको सेयर कारोबार भएको छ ।

मंगलबार सबैभन्दा बढी कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । उक्त कम्पनीको ३२ करोड ५० लाख ४५ हजार ७२ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको छ । आज सेयर बजारमा सबैभन्दा बढी बोट्लर्स नेपाल (बालाजु) लिमिटेड कम्पनीका लगानीकर्ताले कमाएका छन् । सो कम्पनीको सेयर मुल्यमा पोजेटिभ सर्किट लागेको छ ।

त्यसैगरी, सेयर बजारमा गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । सो कम्पनीको सेयर मुल्य ९.७० प्रतिशलले घटेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्