एसिसी महिला प्रिमियर लिग क्रिकेट: नेपालले पहिला फिल्डिङ गर्ने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । मलेसियामा जारी एसिसी महिला प्रिमियर लिग क्रिकेट प्रतियोगिताको क्वाटरफाइनल खेलअन्तर्गत कुवेतविरुद्धको खेलमा नेपालले टस हारेको छ । मलेसियाको क्वालालाम्पुरमा भरखरै भएको टसमा कुवेतकी कप्तान अम्ना तारिकले टस जितेर पहिला ब्याटिङ रोजेकी हुन् ।

यससँगै नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । यसअघि नेपालले हङकङ, भुटान र माल्दिभ्सलाई पराजित गर्दै क्वाटरफाइनमा पुगेको हो । नेपालले हङ्कङ र भुटानलाई समान आठ-आठ विकेटले पराजित गरेको थियो भने माल्दिभ्सलाई २ सय १४ रनको भारी अन्तरले पराजित गरेको थियो ।

कुवेतले म्यानमार र सिङ्गापुरलाईलाई पराजित गरेको थियो भने थाइल्याण्डसँग पराजित भएको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्