विशेष अदालतद्धारा विकल र सुनिललाई थुनामा राखेर अनुसन्धान गर्न अनुमति

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षित मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेललाई विशेष अदालतले थप १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

विशेष अदालतका न्यायाधीश खुसीप्रसाद थारू, रामबहादुर थापा तथा रितेन्द्र थापाको इजलासले उनीहरूलाई १० दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत माघ १० गते ‘सेक्युरिट प्रिटिन्ङ’ प्रकरणमा जोडिएका विकल र सुनिललाई पक्राउ गरेको थियो ।

उनीहरूलाई अकुत सम्पत्ति आर्जनको अनुसन्धान गर्न आयोगले बयानको लागि बोलाउँदा त्यसको उनीहरूले अवज्ञा गरेका थिए । त्यसपछि उनीहरु पक्राउ परेका हुन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्