नेपालले क्यानडालाई दियो २ सय १७ रनको लक्ष्य

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाल ‘ए’ ले एकदिवसीय शृङ्खलाको पहिलो खेलमा क्यानडालाई जितका लागि २ सय १७ रनको चुनौती दिएको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ‘ए’ ले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २ सय १६ रनको योगफल बनाएको हो ।

नेपाल ‘ए’ का लागि बसिर अहमदले सर्वाधिक ५० रनको योगदान दिए । उनले ५५ बलमा तीन चौका र एक छक्काको मद्दतले अविजित ५० रन बनाएका हुन् । रासिद खानले ४० रन बनाए भने मयन यादवले ३५ रन जोडेका छन् ।

यसैगरी किरण ठगुन्नाले २५, विवेककुमार यादवले २१ र सन्दीप जोराले १४ रन बनाएका छन् । क्यानडका लागि कप्तान साद बिन जाफले तीन विकेट लिए भने इश्वरजीत सोहीले दुई विकेट झारे । डिलोन हेलिगर, हर्ष ठेकर र शाहिद अहमदजाइले समान एक-एक विकेट लिएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्