‘एकै व्यक्ति वा समूह बैंक र व्यवसायी हुनेबारे सरकारले कानूनी व्यवस्था गरेको छ’

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकै व्यक्ति वा समूह बैंक र व्यवसायी दुवै हुँदा आउन सक्ने समस्यालाई निराकरण गर्न सरकारले कानूनी र नीतिगत व्यवस्था गरेको बताएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदको प्रश्नको जवाफ दिने क्रममा उनले यस्ता दिशामा थप नीतिगत र कानूनी सुधारका कार्य भइरहेको बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले मुलुकमा प्राप्त स्रोत-साधन सीमित घरानामा अधिक केन्द्रित हुँदा त्यसबाट विभिन्न प्रकारका जोखिम सिर्जना हुने जानकारी दिएका छन् । साथै, सीमित समूहले मात्र प्रतिफल पाउने भएकाले यस्तो अवस्थाको निराकरण गर्न बैंकिङ क्षेत्रमा एक व्यक्ति वा समूहले लिन पाउने कुल कर्जा सीमा तोकिएको जनाएका छन् ।

उनले उद्योगी-व्यवसायी घरानाले विभिन्न क्षेत्रमा लगानी गर्दा देशभित्र उत्पादन र रोजगारी बढाउन मद्दत पुग्ने बताएका छन् । साथै, प्रधानमन्त्रीले विभिन्न क्षेत्रमा लगानी गर्दा आवश्यक वस्तु तथा सेवाको आपूर्ति सहज बनाउनसमेत मद्दत पुग्ने उल्लेख गरेका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्