‘राष्ट्रिय समावेशी आयोगले औचित्य पुष्टि हुने गरी काम गर्नुपर्छ’: अध्यक्ष तिमिल्सिना

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय समावेशी आयोगले संविधानको मर्म र भावना अनुरुप आफ्नो औचित्य पुष्टि हुने गरी काम गर्न आवश्यक रहेको बताएका छन् । मंगलबार आयोजित राष्ट्रिय समावेशी आयोगको तेस्रो स्थापना दिवस कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

अध्यक्ष तिमिल्सिनाले समय-समयमा संवैधानिक आयोगबीच अन्तरक्रिया गर्ने र आयोगले लक्ष्यअनुरुपका काम समयमै गर्नुपर्ने बताएका छन् । उनले भने, ‘आयोगका सदस्यले काम प्रभावकारी बनाउन जरुरी छ । आयोगले गरेको काम कर्तव्यको पुनरावलोकनसँगै विगतमा गरेका गतिविधिको समीक्षा हुनुपर्छ ।’ अध्यक्ष तिमिल्सिनाले कमजोर वर्गलाई विशेष प्राथमिकतासँगै अवसरको सृजना गर्न आयोगले वातावरण मिलाउनुपर्नेमा जोड दिएका छन् ।

उनले आयोगमा आएका विषयमाथि छलफल गरेर चर्चा गर्नुपर्ने बताएका छन् । उनले भने, ‘पहुँच नहुनेका लागि राज्यको सेवासुविधा सजिलोसँग पाउने वातावरण मिलाउनुपर्छ । भेदभावबिना राज्यबाट पाउने सेवासुविधा सबै नागरिकले पाउनुपर्छ ।’

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्