बुधबार ६.४६ अंकले घट्यो नेप्से परिसूचक, २ अर्ब २४ करोडमाथिको सेयर कारोबार

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । बुधबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । कारोबार अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ६.४६ अंकले घटेर २०२६.५९ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कुल ३ सय १३ कम्पनीको ६३ लाख ४१ हजार १ सय ७४ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब २४ करोड १९ लाख ६१ हजार ७ सयमाथिको सेयर कारोबार भएको छ ।

बुधबार सबैभन्दा बढी कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । उक्त कम्पनीको ११ करोड १२ लाख २८ हजार ५ सय ६९ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको छ । यसैगरी आज सेयर बजारमा सबैभन्दा बढी बोट्लर्स नेपाल (बालाजु) लिमिटेड कम्पनीका लगानीकर्ताले कमाएका छन् । सो कम्पनीको सेयर मुल्यमा पोजेटिभ सर्किट लागेको छ ।

त्यसैगरी, सेयर बजारमा पिपुल्स् हाइड्रोपावर कम्पनी लिमिटेड कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । सो कम्पनीको सेयर मुल्य ७.८४ प्रतिशतले घटेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्