३ यात्रु बोकेको हेलिकोप्टर मंगलबारदेखि सम्पर्कविहीन

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । इन्डोनेसियाको पूर्वमा पर्ने उत्तरी मुलुक प्रान्तमा तीन यात्रु बोकेको एउटा हेलिकोप्टर मंगलबारदेखि सम्पर्कविहीन भएको छ । मंगलबारदेखि उक्त हेलिकोप्टर बेपत्ता भएको प्रान्तीय खोज तथा उद्धार कर्यालयका प्रमुख फतुर रहमानले बुधबार बताएका हुन् ।

बेपत्ता हेलिकोप्टरको खोजी कार्य जारी रहेको छ । स्थानीय समयअनुसार दिउँसो १ बजे हेलिकोप्टर एयर ट्राफिक कन्ट्रोलसँग सम्पर्क विच्छेद भएको हो । बेपत्ता हुनुअघिसम्म उक्त हेलिकोप्टर हलमहेरा तेङ्गाह जिल्लामा जङ्गलमाथि उडिरहेको जनाइएको छ । रहमानका अनुसार पिटी वेडा बे निकेल फर्मद्वारा सञ्चालित हेलिकोप्टरमा तीन यात्रु सवार रहेका थिए ।

सो हेलिकोप्टरमा दुई पाइलट र एक यात्रु थिए । कार्यालयका ३ सय कर्मचारी, सैनिक र प्रहरीको संयुक्त उद्धार टोली हेलिकोप्टरको एयर ट्राफिक कन्ट्रोलसँग सम्पर्कविहीन भएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्