आइसीसी विश्वकप क्रिकेट लिग २: नेपालले पहिला ब्याटिङ गर्दै

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपालले नेदरल्याण्ड्सविरुद्धको खेलमा टस हारेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भइरहेको खेलमा नेपालले आइतबार टस हारेसँगै पहिला ब्याटिङको निम्तो पाएको हो ।

नेपाली टोलीमा दुई खेलाडी परिवर्तन भएका छन् । देव खनाल र सोमपाल कामीलाई बेन्चमा राखिएको छ भने उनीहरुको स्थानमा गुलसन झा र आरिफ शेखलाई समेटिएको छ । अघिल्लो खेल खेलेका सोमपाल कामी र देव खनाल आइतबार बेन्चमा बसेका हुन् ।

नेपालको प्लेइङ ११ मा कप्तान रोहितकुमार पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, अनिलकुमार साह, भीम सार्की, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलसन झा, करण केसी र ललित राजवंशी छन् । बेन्चमा भने देव खनाल, पवन सर्राफ, सोमपाल कामी र सूर्य तामाङ रहेका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्