विवादमा आएका मन्त्री र सांसदलाई घरमै राखेर अनुसन्धान गर्न कांग्रेसका महामन्त्रीको आग्रह

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विवादमा आएका मन्त्री र सांसदलाई घरमै राखेर अनुसन्धान गर्न आग्रह गरेका छन् । प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् ।

उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा परेका, सरकारी जग्गा हिनामिनामा मुछिएका, नागरिकता र सहकारी ठगीमा विवादित मन्त्री र सांसदहरूलाई घर पठाउन आग्रह गरेका छन् । संसद्मा आसनको दाँया बस्ने होस् कि बाँया बस्ने, काखैको वा पाखैको बस्ने, अख्तियारले डामेको, आयोगले पोलेको र सरकारी जग्गामा आँखा गाडेको झन्डावालको झन्डा छोपेर घर पठाउन उनले आग्रह गरेका हुन् ।

प्रतिनिधिसभाको शून्य समयमा बोल्दै महामन्त्री थापाले भने, ‘विवादमा देखिएका सांसद वा मन्त्रीलाई घरमा राखेर अनुसन्धान गरौँ र निर्दोष भएर फर्किए फूल माला लगाएर स्वागत गरौँला । दोषी भए दण्ड बेहोर्नुहोला ।’

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्