मिटरब्याज र लघुवित्त पीडितद्धारा संसद् भवन परिसरभित्र प्रदर्शन

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । मिटरब्याज र लघुवित्त पीडितहरूले संघीय संसद् भवन परिसरभित्र प्रदर्शन गरेका छन् । लघुवित्त तथा वित्तिय शोषण विरुद्धमा काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका उनीहरूले संघीय संसद् भवन परिसरभित्र प्रदर्शन गरेका हुन् ।

उनीहरुले निषेधित क्षेत्र तोडेर काठमाडौँको बानेश्वरस्थित संसद् भवन प्रवेश गरेका थिए । प्रदर्शनका क्रममा उनीहरूले भुँइमा बसेर विरोध जनाएका हुन् । संसद् भवनभित्र मिटरब्याज र लघुवित्त पीडितहरू प्रवेश गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।

सो क्रममा ४० भन्दा बढि मिटरब्याज र लघुवित्त पीडितहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्