बिहीबार २८.६८ अंकले घट्यो नेप्से परिसूचक, २ अर्ब ५९ करोडमाथिको सेयर कारोबार

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । साताको कारोबारको पाँचौ दिन (आज) बिहीबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक २८.६८ अंकले घटेर १९७२.०९ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कुल ३ सय ९ कम्पनीको ७ करोड ४४ लाख ६ हजार ९ सय ९१ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ५९ करोड ८७ लाख ३७ हजार २ सयमाथिको सेयर कारोबार भएको छ ।

बिहीबार सबैभन्दा बढी कारोबार सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडको भएको छ । उक्त कम्पनीको ११ करोड १३ लाख १० हजार ३ सय ४६ रुपैयाँ १० पैसा बराबरको सेयर कारोबार भएको छ । यसैगरी आज सेयर बजारमा सबैभन्दा बढी नाफा बोट्लर्स नेपाल बालाजु लिमिटेड कम्पनीका लगानीकर्ताले कमाएका छन् । सो कम्पनीको सेयर मुल्यमा पोजेटिभ सर्किट लागेको छ ।१

त्यसैगरी, सेयर बजारमा जोसी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । सो कम्पनीको सेयर मुल्यमा नेगेटिभ सर्किट लागेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्