नेपालले नामिबियालाई दियो १ सय ८१ रनको लक्ष्य

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपालले नामिबियालाई जितका लागि १ सय ८१ रनको चुनौती दिएको छ । त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृङखलाअन्तर्गत शुक्रबारको खेलमा नेपालले नामिबियालाई जितका लागि १ सय ८१ रनको चुनौती दिएको हो ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउदै १ सय ८० रनको योगफल बनाएको छ । नेपालका लागि कुशल मल्लले ३७ बल खेल्दै एक चौका र चार छक्काको मद्दतमा ५५ रन बनाएका छन् । कुशलले आरिफ शेखसँग पाँचौ विकेटका लागि ८५ रनको साझेदारी गरे । आरिफले आउट हुनुअघि २४ बलमा चार चौकाको सहायताले ३१ रन जोडेका हुन् ।

त्यस्तै गुलशन झाले १६ बल खेल्दै एक चौका र तीन छक्काको सहायताले २६ रन बनाए भने अनिल शाहले १७ बलमा तीन छक्काको मद्दतमा २३ रन जोडे । दीपेन्द्रसिंह ऐरी आठ बलमा दुई चौका प्रहार गर्दै १६ रनमा आउट भए । कप्तान रोहितकुमार पौडेल नौ बलमा दुई चौका प्रहार गर्दै १० रनमा आउट भए । यसैगरी सुरुआती ब्याट्सम्यान आसिफ शेख एक रनमा आउट हुँदा करण केसीले सात तथा सोमपाल कामी दुई रनमात्रै बनाएका छन् । यस्तै, बलिङतर्फ नामिबियाका बेन शिकाङगोलले तीन विकेट लिए भने ज्याक ब्रेसलले दुई विकेट झारे । बर्नार्ड स्कोल्ज र जान निकोल लोफटी इटनले समान एकरएक विकेट लिएका हुन् ।

त्यसैगरी फाइनलमा पुग्नका लागि पनि नेपाललाई शुक्रबारको खेल जित्नैपर्ने दबाब छ । नेपालले नामिबियालाई पराजित गरेमा नेपालको फाइनल पुग्ने सम्भावना कायमै रहन्छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्