अध्यक्ष यादवको नेतृत्वमा जसपा सरकारमा सहभागी हुने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारमा जाने निर्णय गर्दै मन्त्रीको नाम टुङ्गो लगाएको छ । बिहीबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरेको हो ।

सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार बैठकले उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीमा अध्यक्ष उपेन्द्र यादवलाई पठाउने निर्णय गरेको छ ।

यसैगरी वन तथा वातावरणमन्त्री र स्वास्थ्य राज्यमन्त्री टुङ्गो लगाउने जिम्मा बैठकले पार्टी अध्यक्ष उपेन्द्र यादवलाई दिएको बस्नेतले बताएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्