कारोबारको पहिलो दिन २२.१० अंकले बढ्यो नेप्से परिसूचक !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । साताको कारोबारको पहिलो दिन (आज) आइतबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । बिहीबारको तुलनामा आज नेप्से परिसूचक २२.१० अंकले बढेर २०५२.६५ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कुल ३ सय ४ कम्पनीको ७ लाख ४३ हजार ४ सय ५७ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ९२ करोड २७ लाख ७१ हजार ५ सयमाथिको सेयर कारोबार भएको छ ।

आइतबार सबैभन्दा बढी कारोबार सिभम् सिमेन्टस् लिमिटेडको भएको छ । उक्त कम्पनीको २२ करोड ९३ लाख २५ हजार ६ सय ४३ रुपैयाँ १० पैसा बराबरको सेयर कारोबार भएको छ । यसैगरी आज सेयर बजारमा सबैभन्दा बढी नाफा विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले कमाएका छन् । सो कम्पनीको सेयर मुल्यमा पोजेटिभ सर्किट लागेको छ ।

त्यसैगरी, सेयर बजारमा चिरख्वा हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । सो कम्पनीको सेयर मुल्य ७.०६ प्रतिशतले घटेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्