सुन तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगद्धारा गृहमन्त्रीसमक्ष प्रतिवेदन पेस

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग, २०८० ले सरकारलाई प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष डिल्लीराज आचार्यले बिहीबार उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई उक्त प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।

गृहमन्त्री लामिछानेले प्रतिवेदन बुझ्दै प्रतिवेदनमा दिइएका सुझाव कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘दोषीलाई कारबाही र सुधारका लागि सुझाइएका उपायको कार्यान्वयन गरिनेछ’, उनले भने । जुनसुकै खालको कमजोरी गर्ने निकाय र व्यक्तिविरुद्ध कारबाही हुने दृढता व्यक्त गर्दै उपप्रधानमन्त्री लामिछानेले विगतमा उन्मुक्ति दिन सहयोग गर्नेलाई पनि कानून मातहत ल्याइने बताएका छन् ।

सरकारले गत असोज १५ गते सुनको अवैध पैठारी ९तस्करी० नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग, २०८० गठन गरेको थियो । पूर्वन्यायाधीश आचार्यको अध्यक्षतामा गठित आयोगमा सहकुलबहादुर थापा, किशोरजङ्ग कार्की र प्रेमराज जोशी सदस्य रहेका थिए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्